add

बैतडीमा जिप दुर्घटना, नव विवाहित जोडीसहित चार जनाकाे मृत्यु






ActPro Nepal

|

२० मंसिर, २०७८

|
774

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ।

पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। मृतक मध्ये दुई जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पाटन-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन्। 

उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए। 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 

मनिषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ। उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ।

घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ। घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।  

दुर्घटना साँझ साढे ६ बजेतिर भएको बताइएको छ। जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन। चालक फरार रहेका छन् भने घटनाबारे अनुसन्धान जारी रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.