काठमाडौ । काठमाडाको तार्केश्वर नगरपालिकाले उत्कृष्ट काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
१८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा आइतबार नगरपालिकाले ११ ओटा वडाका १–१ जना उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई नगद ३००० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा वडा नं. १ साङला प्राथमिक स्वास्थ्य केन्द्रकि सुभद्रा भट्ट, वडा नं. २ काभ्रेस्थली स्वास्थ्य चौकीकि धनकुमारी फुयाँल, वडा नं. ३ जितपुरफेदी स्वास्थ्य चौकीकि इन्दिरा अर्याल, वडा नं. ४ शहरि स्वास्थ्य केन्द्रकि मन्दिरा देवी श्रेष्ठ, वडा नं. ५ गोलढुंगा स्वास्थ्य चौकीकि लक्ष्मी लामा, वडा नं. ६ धर्मस्थली स्वास्थ्य चौकीकि शर्मिला घिमिरे, वडा नं. ७ फुटुङ स्वास्थ्य चौकीकि सानु केसी, वडा नं. ८ मनमैजु स्वास्थ्य चौकीकि एक कुमारी भेटुवाल, वडा नं. ९ शहरि स्वास्थ्य केन्द्रकि पुजा महर्जन, वडा नं. १० शहरी स्वास्थ्य केन्द्रकि निर्मला एम.सी. र वडा नं. ११ शहरी स्वास्थ्य केन्द्रकि साबित्री बोहोरा रहेका छन् ।
नगर प्रमुख रामेश्वर रामेश्वर बोहोराले उनीहरूलाई माला लगाइदिएका थिए भने प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले खाममा राखेर नगद पुरस्कार प्रदान गरेका थिए ।
तारकेश्वरको स्वयमसेविकाका अध्यक्ष मिना थापाको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
त्यस्तै विशेष अतिथिमा प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल र प्रशासन शाखा प्रमुख होमनाथ न्यौपानेको सहभागिता रहेको थियो । कार्यक्रममा अतिथिहरुमा वडाअध्यक्षहरु, नगरका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।