add

राप्रपा महाधिवेशन : विवादका कारण कार्यतालिका प्रभावित






ActPro Nepal

|

१७ मंसिर, २०७८

|
507

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन । 

यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो । महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्न देशभरबाट प्रतिनिधि छनोटमा नपरेका नामसमेत मतदाता नामावलीमा समावेश गर्न खोजिएपछि विवाद भएको आरोप लगाइएको छ । 

उम्मेदवारको नामावली फाराम वितरण, मतदाताको अन्तिम नामावली प्रकाशन, उम्मेदवारको नाम दर्तालगायत काम आज बिहान ११ बजेसम्म हुनुपर्ने कार्यसूची रहेकामा त्यसो हुन सकेको छैन । नेता सुन्दर पाण्डेका अनुसार सर्वसम्मत नेतृत्वका लागि प्रयास गरी विवाद व्यवस्थापन गर्न लागिएकाले केही समयपछि सबै कार्य सञ्चालन हुने छन् । देशभरबाट चार हजार ७ सय  प्रतिनिधि छनोट भएका छन् । निर्वाचनको कार्यतालिका शनिबार राखिएको छ । 

महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित  उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्नेछ । बन्दसत्रमा प्रस्तुत भएका सामाजिक, आर्थिक र राजनीतिक प्रस्तावका साथै संशोधित विधान पारित भएकोे जनाइएको छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.