add

कांग्रेस प्रदेश अधिवेशन: आज मनोनयन, भोलि मतदान






ActPro Nepal

|

१७ मंसिर, २०७८

|
642

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ । आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने शनिबार मतदान हुनेछ । 

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए । तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन। प्रदेश १ मा आज बिहान उद्घाटन सत्र हुँदैछ । त्यहाँ पनि आज नै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।

मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.