add

कांग्रेसको प्रादेशिक अधिवेशन आजदेखि, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने






ActPro Nepal

|

१६ मंसिर, २०७८

|
868

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको लागि आज बिहीबार लोगो सार्वजनिक गर्ने भएको छ ।

महाधिवेशनको लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको कांग्रेस प्रचार विभागले जनाएको छ । 

१४औं महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिले महाधिवेशनका सन्दर्भमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । 

महाधिवेशनका लागि २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने, भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा मतदान केन्द्र बनाइने र एक जनालाई मतदान गर्न कम्तीमा एक घण्टा लाग्ने कांग्रेसको जनाएको छ । 

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन सुरू हुँदैछ । सभापति देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट दिउँसो दुई बजे एकैपटक उद्घाटन गर्ने भएका छन् । 

कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

कांग्रेसको देशभर ८ लाख ४० हजार १०६ जना क्रियाशिल सदस्य रहेका छन् । जसमा, प्रदेश १ मा एक लाख ७४ हजार ८१३, प्रदेश २ मा एक लाख ९९९, बागमती प्रदेशमा एक लाख ८६ हजार ३३५, गण्डकी प्रदेशमा एक लाख १८ हजार १५४ क्रियाशिल सदस्य रहेका छन् । यसै गरी लुम्बिनी प्रदेशमा एक लाख ३१ हजार ११७, कर्णालीमा ५३ हजार ५९६ र सुदूरपश्चिममा ७५ हजार १०१ जना क्रियाशिल सदस्य रहेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.