add

कांग्रेस नेता प्रमोदहरि गुरागाई केन्द्रीय सदस्यमा उठ्ने






ActPro Nepal

|

१५ मंसिर, २०७८

|
1601

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रमोदहरि गुरागाई १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा उठ्ने भएका छन्।  

कांग्रेसको मंसिर २४-२६ सम्म हुने महाधिवेशनमा  नेता गुरागाईले आफूलाई केन्द्रीय सदस्यको आकांक्षीका रुपमा प्रस्तुत गरेका हुन्। 

काठमाडौं निवासी उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित समेत हुन्। 

लामो समय नेपाली कांग्रेसको राजनितीमा सक्रिय  गुरागाई ७ वर्ष पहिले उनी नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको सदस्य थिए । नुवाकोटमा उनले कांग्रेसको क्रियाशील सदस्यता लिए । करिब १३ वर्षअघि उनले आफ्नो सदस्यता नुवाकोटबाट काठमाडौं सारे । अहिले उनले आफ्नो राजनीति काठमाडौमा सक्रिय बनाएका छन् । 

उनी लामो समयसम्म नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० को राजनीतिमा सक्रिय भए । नेविसंघमा हुँदा उनी पटक पटक केन्द्रीय सदस्य भए । एक पटक उनी केन्द्रीय उपाध्यक्ष भए । त्यसबेला उनी पटक पटक नेविसंघको कार्यबाहक अध्यक्ष भए । कुनै बेला डेढ दुई महिनासम्म कार्यबाहक चलाए । 

नुवाकोटमा हुँदा उनी नेविसंघको क्षेत्रीय समिति अध्यक्ष तथा जिल्ला कार्यसमितिको नेतृत्वमा रहे । उनी नेविसंघको ३ पटकसम्म केन्द्रीय सदस्य भए । गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा तथा केशव सिंह सभापति हुँदा उनी नेविसंघको केन्द्रीय सदस्य भइ  काम गरे । 

प्रदीप पौडेल अध्यक्ष हुँदा उनी उपाध्यक्ष भए । नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसवीच एकता हुँदै गर्दा उनी नेविसंघको केन्द्रीय सदस्य भए भने पार्टी एकतापछि उनी केन्द्रीय उपाध्यक्ष भए । हाल उनी नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य पनि छन् । यसको सदस्य हुँदा प्रशिक्षणको क्रममा उनी ४० जिल्लामा पुगेका छन् । 

यसपटक केन्द्रीय सदस्यको लागि राजनीतिक कोर्ष पूरा भएको उनको ठहर छ । उनले टिमबाटै केन्द्रीय सदस्यमा उठ्ने विचार गरेका छन् तर टिम नभनी विचार समूह भन्ने गरेका छन् । अहिले संस्थापन पक्षको नेतृत्व गरिरहेका अनुहारबाट अब पार्टीको इमेज धानिँदैन भन्ने उनको तर्क छ ।

‘म व्यक्तिगत रुपमा शेरबहादुर देउवा ज्यूलाई गाली गर्दिन । उहाँ पार्टी सभापति तथा प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँले अब विश्राम लिनु पर्छ भन्ने मेरो तर्क हो’ उनले भने, ‘उहाँले पार्टीलाई गर्नु पर्ने योगदान गरिसक्नु भयो । अब नविन योगदान गर्नुहुन्छ भन्ने अपेक्षा राख्नु हुँदैन ।’

संस्थापन इतर पक्षका नेताहरु एकीकृत भएर उम्मेदवारी दिनुपर्ने उनको सुझाव छ । विमलेन्द्र निधी र कृष्णप्रसाद सिटौलाबीच पनि एकता हुनुपर्ने उनको भनाइ छ । पार्टीलाई नविन उर्जा दिन संस्थापन इतर पक्ष एक ठाउँमा आउनु पर्छ भन्ने उनको जोडदार सुझाव छ ।  

‘रामचन्द्र पौडेलज्यू, शशांक कोइरालाज्यू, शेखर कोइरालाज्यू र प्रकाशमान सिंहज्यू एक ठाउँमा आउनु पर्छ । त्यसबेला विजयीको सम्भावना मात्र होइन । विजयको अवस्था निश्चित छ’ उनले भने ।

संस्थापन इतर पक्ष एक ठाउँमा आउन सक्ने सम्भावना कायम रहेको उनको बुझाइ छ । ‘राजनीतिमा सबै सम्भावना रहन्छन्’ उनले भने । 

नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादको बाटोमा हिड्ने पार्टी भएकोले यस पार्टीले शिक्षा, स्वास्थ्य र नागरिकप्रतिको उत्तरदायित्वलाई  आफ्नो मूल एजेण्डा बनाउनु पर्ने उनको तर्क छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.