add

राप्रपाको एकता महाधिवेशन आजदेखि काठमडौंमा शुरू हुँदै






ActPro Nepal

|

१५ मंसिर, २०७८

|
1041

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएसँगै यो एकता महाधिवेशन हुन लागेको हो । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौँमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रचारप्रसार समितिले जनाएको छ ।

कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात् अध्यक्षसहित १४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनीत गर्नेछ । महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन उम्मेदवार छन् ।

दुई नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले मंगलबार औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

राणा अहिलेसम्म कुनै पक्षसँग नखुले पनि समर्थन पाउने आशा लिङ्देन पक्षले गरेको छ । बुधबार राजधानीमा भएको एक कार्यक्रममा डा. लोहनीले पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने भन्दै लिङ्देनको खुलेर समर्थन गरेका छन्  । लोहनीले थापा र राणालाई समेत पार्टीमा अभिभावक बनेर लिङ्देनलाई समर्थन गर्न आग्रह गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.