काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक निर्वाचित भएका छन् ।
चितवनमा सम्पन्न १०औं महाधिशनमा उनका प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।
एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।