add

एमाले महाधिवेशन : १९ पदाधिकारीका लागि यी हुन् प्रस्तावित नाम






ActPro Nepal

|

१३ मंसिर, २०७८

|
756

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम सार्वजनिक गरेका छन् । उनले गएराति बन्दसत्र हलमा आफूसहित १९ जना पदाधिकारीको नाम सार्वजनिक गरेका हुन् । 

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन् । बाँकी ६ जना उपाध्यक्षमा उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेलको नाम प्रस्तुत गरे ।

ओलीले महासचिवमा शंकर पोखरेलको नाम घोषणा गर्दा तीन उप-महासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।

सातजना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन् ।

उनले प्रस्तावित नेताहरूलाई मनोनयन दर्ताका लागि जान आग्रह गरेका थिए । ओलीले भने, ‘यसरी १९ जना पदाधिकारीहरूमा सहमति जनाउनका निम्ति म कमरेडहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’  

उनले प्रस्तुत गरेको नाममा भीम रावल र घनश्याम भुसाल भने समेटेनन् । यद्यपि ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले रावल र भुसाललाई पनि समावेश गरेका छन् ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.