add

चिसो मौसममा सखर अर्थात गुड खानुका फाईदै फाईदा






ActPro Nepal

|

२ मंसिर, २०७८

|
1705

काठमाडौं । चिसो मौसमको सुरुवात भईसकेको छ । राजधानी काठमाडौं लगायत देशका हरेक स्थानमा चिसो बढ्दो क्रममा छ । यस्तो मौसममा स्वास्थ्यको ख्याल राख्नु अत्यन्त जरुरी हुन्छ ।

चिसो मौसममा अनेक प्रकारको स्वास्थ्य सम्बन्धी समस्याहरु हुने गर्दछ । यस्तो मौसममा ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टको जोर्नी दुख्ने जस्ता समस्याहरु धेरै हुन्छन् ।

यस्तो प्रकारका समस्याबाट छुटकारा पाउनको लागि दैनिक रुपमा गुड खानु अत्यन्त आवश्यक छ । गुडमा पाईने प्रोटिन, कार्बोहाइडेट, आइरन, भिटामिन बी, क्याल्सियम तथा फस्फोरस जस्ता पौष्टिक तत्व पाईन्छ । मधुमेहको समस्या भएका मानिसहरुले पनि चिनीको बिकल्पको रुपमा गुडको प्रयोग गर्न सक्छन् ।

यस्ता छन् गुड खानुका फाइदाः

–नियमित सेवनले शरीरमा रगतको कमी हुनबाट बचाउनुको साथै एन्टीबायोटिकको पनि काम गर्छ ।

–सखरमा हुने सेलेनियम भन्ने तत्वले एन्टीअक्सिडेन्टको काम गर्छ जसका कारण घाँटी र फोक्सोेमा संक्रमण हुँदैन । साथै घाँटी र फोक्सोलाई स्वस्थ राख्नमा पनि मद्दत गर्छ ।

–सखरलाई दूधमा मिसाएर खानु राम्रो हुन्छ ।

–नाकमा एलर्जी भएका व्यक्तिलाई सखरको सेवनले फाइदा गर्छ । यस्ता व्यक्तिले हरेक बिहान खाली पेट एक चम्चा गिलोयको रस र २ चम्चा अमलाको रसमा मिसाएर सखर खानु उत्तम हुन्छ । यस्तो गर्नाले नाकको एलर्जी ठिक कहुन्छ ।  

–जाडो मौसममा आउने स्वास्थ्य समस्याबाट छुट्कारा पाउन सखर राखेको चिया पिउनु लाभदायक हुन्छ । जाडोको बेला सखर, अदुवा र तुलसीको पात राखि काढापानी पिउनाले कफको समस्या तुरुन्तै समाधान हुन्छ । 

–सखर र तिलको बर्फी खानाले जाडोमा रुघाखोकी र सर्दीमा राहत मिल्छ । बर्फी खानाले शरीर न्यानो रहिरहन्छ । 

–मूलालाई कोरेर सखर र कागतीको रस मिसाएर २० मिनटसम्म पकाउने र त्यसपछि सो मिश्रणलाई दैनिक एक चम्मा खानेले दमका बिरामीलाई राहत मिल्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.