add

अटो तथा रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना






ActPro Nepal

|

१ मंसिर, २०७८

|
1287

उदयपुर ।  जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले अटो तथा रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएको छ । त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा बुधवार अटो तथा रिक्सा चालकलाई ट्राफिक नियमको बारेमा जानकारी मूलक प्रशिक्षण दिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको पछिल्लो तथ्यांकमा अटो रिक्सा बढी दुर्घटनामा परेको देखाएको छ । सवारी दुर्घटनामा अटो रिक्सा बढी हुन थालेपछि सुरक्षित यात्राका लागि सचेत गराइएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले चालकको पहिलो जिम्मेवारी भनेको सुरक्षित यात्रा र गन्तव्य रहेको बताए ।

एसपी बोहराले चालक एक जिम्मेवार पात्र रहेकाले आफू र आफ्नो सवारीमा सवार यात्रुलाई सुरक्षित गर्नु चालकको पहिलो कर्तव्य रहेको बताएका छन् । बोहराले चालकलाई पैसाको लागि मात्र पनि व्यवसायमा नलाग्न आग्रह गरे । पैसाको लागि मात्र पेसामा लाग्दा दुर्घटनाको जोखिम बढेर जाने उनले बताए । चालक एक समाजसेवाको पेसा भएको उनले बताएका छन् ।

सवारी नियम कडाइका साथ लागू भएको हुँदा लाइसेन्स अनिवार्य चाहिने उनले सुझाव दिएका थिए । लाइसेन्स चालकको लागि एक महत्त्वपूर्ण प्रमाण  एसपी बोहराले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका इन्चार्ज लीलाराज श्रेष्ठका अनुसार जिल्ला भरी करिब ७ सय अटो रिक्सा रहेको जनाएको छ । गत आर्थिक वर्षमा २३४ सवारी दुर्घटना मध्ये २४ अटो रिक्सा दुर्घटना परेको जनाउँदै यो निकै जोखिम र लापरबाही रहेको जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.