add

हवाई भाडा बढ्यो,कहाँको कति ?(सूचीसहित)






ActPro Nepal

|

२८ कार्तिक, २०७८

|
1207

काठमाडौँ । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल चार्ज) वृद्धि गरेका हुन् ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ प्रतिलिटर बढाएको थियो ।

फ्युल चार्ज बढेपछि हवाई सेवा प्रदायकहरुले हवाई भाडा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएका छन् । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ ।

वायुसेवा संचालक संघले इन्धनको शूल्क न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम १७० रुपैयाँसम्म वृद्धि गरेका छन् ।

माउन्टेन फ्लाइटको फ्युल चार्ज सबैभन्दा धेरै १७० रुपैयाँ बढेको छ । त्यस्तै, काठमाडौं–पोखरा ८० रुपैयाँ, काठमाडौं–भैरहवा १०५, काठमाडौं–विराटनगर १२०, काठमाडौ–भद्रपुर १५०, काठमाडौं–नेपालगञ्ज १६०, काठमाडौं–जनकपुर ६५, काठमाडौं–सिमरा ४५, काठमाडौं–भरतपुर ५५ र काठमाडौं–तुम्लिङटार ९० रुपैयाँ बढेको छ ।

कहाँको कति ?




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.