add

पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम राख्नु पर्छ: गृहमन्त्री खाण






ActPro Nepal

|

२४ कार्तिक, २०७८

|
590

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धनविना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन्। एमालेलाई हराउन पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन्। नेपाल महिला संघ रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाणले यस्तो बताएका हुन्।

‘कांग्रेस एक्लैले एमालेलाई हराउन सजिलो छैन, पार्टीको भविष्य सुरक्षित गर्न पनि गठबन्धन निर्वाचनसम्मै कायम गरिनुपर्छ,’ उनले भने। आफ्नै पार्टीका केही युवा नेताले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखिरहेका बेला गृहमन्त्री खाणको यस्तो भनाइ आएको हो। उनी पार्टीमा प्रधानमन्त्री देउवा निकट मानिन्छन्। 

आगामी तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहे मात्र कांग्रेस सुरक्षित हुने उनको भनाइ छ। ‘कांग्रेसले पहिले गुमेको साख फिर्ता ल्याउन पनि गठबन्धन गरेर आफू सुरक्षित हुने हिसाबले चुनावमा जानुपर्छ, नभए निर्वाचन लड्न कठिन हुनेछ,’ उनले भने। 

गृहमन्त्री खाणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताए। ‘कांग्रेसलाई सवल, सक्षम र बलियो पार्टी बनाउन प्रधानमन्त्री र सभापति एउटै व्यक्ति हुनुपर्छ,’ उनले भने । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भए मात्र आमनिर्वाचन पनि सफल हुने उनको भनाइ छ। 

स्थानीय तहदेखि केन्द्रीय निर्वाचन कांग्रेसले मात्रै गरेको उदाहरण दिँदै गृहमन्त्री खाणले पाँच दलीय गठबन्धन बचाउँदै चुनावसम्म लैजानु पर्ने र कांग्रेसलाई सवल, सक्षम, जिम्मेवार र बलियो पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.