add

सत्तारुढ गठबन्धनद्वारा ११ सदस्यीय समन्वय समिति गठन,संयोजक रामचन्द्र पौडेल






ActPro Nepal

|

२२ कार्तिक, २०७८

|
794

काठमाडौं  । सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो। 

सबै राजनीतिक दलहरुले दुई-दुई  महिना संयोजन गर्ने सो समन्वय समितिमा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन्। 

नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी दुई-दुई  जना सदस्यहरु रहेको र मन्त्रीहरुको तर्फबाट आफू समेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता कार्कीले जानकारी दिए। 

उनले सो समितिको पहिलो २ महिनाको संयोजक रामचन्द्र पौडेललाई तोक्ने निर्णय गरिएको समेत बताए। 

प्रधानमन्त्री देउवा अनिवार्य रुपमा उपस्थिति हुने सो समितिको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र जनताको अपेक्षा अनुसार सरकारलाई काम गराउन सहयोग गर्नु रहेको पनि मन्त्री कार्कीले बताए। आसन्न उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनको संयुक्तरुपमा तयारी गर्ने निर्णय पनि सत्तारुढ गठबन्धनले गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.