add

न्यायालयको समस्या छिटो समाधान होस्: गृहमन्त्री खाण






ActPro Nepal

|

२२ कार्तिक, २०७८

|
533

काठमाडौं । गृहमन्त्री खाणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रस्ट्याएका हुन् ।

सोमबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसाबले पनि स्वतन्त्र ढंगले चल्ने गरेको स्पष्ट पारेका हुन् । 

गृहमन्त्री खाणले सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको बताएका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई अवरुद्ध सदन सुचारु गराउन पनि आग्रह गरे । नागरिकतालगायतका महत्त्वपूर्ण विधेयकहरू पास गर्न सदन सुचारु गराउन ढिलाइ गर्न नहुने गृहमन्त्री खाँणले बताएका छन् । उनले भने, ‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका ३ वटा अंगहरु स्वतन्त्र छन् । र शक्ति सन्तुलनको हिसाबले पनि ती अंगहरु स्वतन्त्र ढंगले नै चल्दछन् । न्यायपालिकामा जुन खालको विवाद देखिएको छ । त्यो संवेदनशील र गम्भीर छ । त्यो विवाद छिटोभन्दा छिटो सुल्टियोस् भन्ने हाम्रो चाहना छ । नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौँ । किनकि नागरिकताको समस्यालाई हामीले संवेदनशील रूपमा लिएका छौँ । म मूल प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई तपाईँहरू मार्फत आग्रह गर्न चाहन्छु–सदनलाई व्यवस्थित रूपमा चलाऔँ । सरकारका कमीकमजोरीहरूलाई पनि सुधार्दै जाऔँ । कतिपय महत्त्वपूर्ण विधेयकहरू छन्, नागरिकतालगायतका ती विधेयकहरूलाई पास गरौँ । यही नै हाम्रो आग्रह छ ।’

गृहमन्त्री खाँणले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारले नागरिकको सुरक्षाको विषयलाई पहिलो प्राथमिकतामा राखेको दोहोर्‍याएका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.