add

‘पाँच दलीय सरकारको सास जान लागेकाले हेरेरै बसेका छौँ’






ActPro Nepal

|

२२ कार्तिक, २०७८

|
584

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारको सास जान लागेको आरोप लगाएका छन् ।

विराटनगरमा नेकपा एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पाँच दल पाँचतिर फर्किएको आरोप लगाएका हुन् ।

अहिलेको सरकारको सास जान लागेकाले छोइपासो लाग्ने डरले एमाले चुप लागेको बताए ।

‘अहिलेको सरकारमा पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन्,’ उनले भने, ‘हामीले भन्दै आएका छौँ, हामीले चाह्यौँ भने एक हप्तामा सरकार ढाल्न सक्छौँ, सास जान लागेको अवस्थामा छोईछिटो लाग्ने डरले हामी अहिले हेरेरै बसेका छौँ ।’

अरू दलहरूले भने झैँ चुनावसम्म गठबन्धन नटिक्ने ओलीकाे तर्क छ । जनताबाट अनुमाेदित भएर स्थानीय, प्रदेश र संघीय सरकार बनाउने र जनताकाे इच्छाअनुसारको काम गरेर देखाउने उनले जिकिर गरे ।

आगामी निर्वाचनमा एमाले एक्लैले सरकार बनाउने भन्दै अध्यक्ष ओ‌लीले संविधानकाे कार्यान्वयन, समाजवादको लक्ष्य, समृद्ध नेपाल‚ सुखी नेपालीकाे यात्रा अझै जारी रहेको बताए ।

ओलीले एमालेको सरकार ढालेर देउवा सरकारमा मन्त्री बनेकाहरुलाई जमानत जोगाउन चुनौति दिए ।

‘एमाले सरकार ढालेर खुसी भएका छन्। १ नम्बर प्रदेशमा पनि भर्खरै सरकार ढालेका छन्। सिट धेरै भएर होइन, जनमत धेरै आएर पनि होइन, अहिले एमालेको सिट संख्याको आधा सिट पनि कुनै दलको छैन,’ ओलीले भने, ‘एमाले छोडेर मन्त्री भएकाहरुले फेरि आउँदो चुनावमा जमानत जोगाएर देखाउन् त।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.