add

ड्रोन आक्रमण गरेर इराकी प्रधान मन्त्रीको हत्या गर्ने प्रयास






ActPro Nepal

|

२१ कार्तिक, २०७८

|
920

काठमाडौँ । इराकी प्रधान मन्त्री मुस्तफा अल-खादिमीमाथि ड्रोन आक्रमण गरेर हत्या गर्ने प्रयासले भएको छ । राजधानी बग्दादस्थित उनको निवासमा आक्रमण गरी हत्याको प्रयास भएको हो ।

प्रधान मन्त्री अल-खादिमीले निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको बताएका छन् । उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ । अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो ।

सामाजिक सञ्जालमा ट्विटरमा उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन आह्वान गरेका छन् । प्रधान मन्त्रीको सुरक्षार्थ खटिएकामध्ये ६ जना घाइते भएका छन् । कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा देशका प्रधान मन्त्रीमाथि त्यसरी आक्रमण भएको हो । अहिलेसम्म त्यसको जिम्मा कसैले पनि लिएको छैन । -बीबीसी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.