add

राजदूतमा साझा व्यक्तिलाई सिफारिस गर्न नारायणकाजी श्रेष्ठको सुझाव






ActPro Nepal

|

२१ कार्तिक, २०७८

|
631

काठमाडौं।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूतमा सिफारिस साझा व्यक्तिहरूलाई गर्न सुझाव दिएका छन्। दक्षताका आधारमा राजदूत नियुक्ति गर्दा नियुक्त हुने व्यक्ति र देशका लागि राम्रो हुने उनको भनाइ छ। 

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाऔं। अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ। त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ।’

केपी शर्मा ओलीको पालामा राजनीतिक व्यक्तिहरूबाट नियुक्त सबै राजदूतलाई गठबबन्धन सरकारले फिर्ता बोलाएको छ। सरकारले हालै  अमेरिकाका लागि श्रीधर खत्री, भारतका लागि शंकर शर्मा र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई सिफारिस गरेको छ। तीनै जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु भइसकेको छ।सत्तारुढ गठबन्धनलाई सत्ताबाहिर रहेका बेला भनेका कुरालाई मूर्तरूप दिने बेला आएको श्रेष्ठले बताए। उनले भनेका छन्, ‘सामान्य बेलामा अमूर्त, राम्रा कुरा गर्ने तर लागू गर्ने बेला चाँहिँ स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहस गरौं।’ 

ओलीको पालामा नियुक्त भएका राजदूतलाई एकैपटक फिर्ता बोलाएकोमा श्रेष्ठले असन्तुष्टि जनाएका छन्। उनले यसबारे आफूले  गठबन्धनको बैठकमा असहमति जनाएको बताएका हुन्। उनले भनेका छन्, ‘एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सकारको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको थिएँ। उनले बैठकमा संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यता विपरीत नियुक्त गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनुपर्ने प्रस्ताव गरेका थिए।श्रेष्ठले आफूलाई गठबन्धनका बैठकमा कमै बोलाइने गरेको भन्दै असन्तुष्टि जनाएका छन्। ‘प्रतिगमन विरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरूमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो। संघर्षको सफलतापछि पार्टीहरूको गठबन्धन शीर्षस्थ नेताहरूको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरूमा मात्र आमन्त्रणअनुसार भाग लिएको छु।’           


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.