काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक तोकेको छ। यस्तै केही जिल्लामा सह इन्चार्ज समेत तोकिएको छ। माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।
बैठकले पार्टी सदस्यले न्यूनतम मासिक लेबी तोक्ने निर्णय पनि गरेको छ । प्रदेश सदस्यले ७५ रुपैयाँ, जिल्ला समन्वय समिति सदस्यले ५० रुपैयाँ, गाउँ नगर समिति सदस्यले २५ रुपैयाँ र त्यो भन्दा तल्लो तहको समिति र आम सदस्यहरूले २० रुपैयाँ मासिक लेबी पार्टीलाई बुझाउनु पर्ने निर्णय गरेको छ ।
क–कसले पाए जिम्मेवारी?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।