add

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन घोषणा गर्दै बार






ActPro Nepal

|

२१ कार्तिक, २०७८

|
784

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। बारले आइतबारबाट थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको हो।

बारले प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन 'अल्टिमेटम' दिएको थियो। तर, जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले आन्दोलनलाई थप शसक्त बनाउने जनाएको छ।

बारले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए तिहारपछि थप आन्दोलन गर्ने घोषणा यसअघि नै घोषणा गरेको थियो।

आज  देशभरका ९० वार इकाइसँग भर्चुअल छलफल गरेर राणाको राजीनामाका लागि देशभर आन्दोलनको घोषणा गरिने नेपाल बारले जनाएको छ। 

यसअघि बारका न्यायाधीशहरूले विभिन्न चरणमा सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.