add

पाकिस्तानमा टीएलपीमाथि सरकारले लगाएको प्रतिबन्ध हट्यो, निर्वाचनमा प्रतिष्प्रर्धा गर्न पाउने






ActPro Nepal

|

२१ कार्तिक, २०७८

|
698

एजेन्सी । पाकिस्तान सरकारले प्रतिबन्धित मुस्लिम समूह तेहरिक इ लबिक पाकिस्तान (टीएलपी)लाई निर्वाचनमा प्रतिष्प्रर्धा गर्न अनुमति दिने भएको छ । यसै साता सरकार र सो समूहबीच वार्ता भएको थियो । सरकारले जेलमा रहेका समूहका २०० कार्यकर्तालाई रिहाई गर्ने तयारी गरेको छ ।

दुई पक्षबीच भएको वार्तामा टीएलपीले आफ्ना हिंसात्मक गतिविधि त्याग्ने सहमति जनाएको छ । त्यस्तै, टीएलपीले फ्रान्सविरोधी गतिविधि नगर्ने जनाएको छ । फ्रान्सको व्यंग्य पत्रिका चार्ली हेब्दोले मुस्लिम धर्मगुरु मोहम्मदको कार्टून छापएपछि समूहले पाकिस्तानस्थित फ्रान्सेली राजदूतलाई देशनिकाला गर्न सरकारसँग माग गरेको थियो । त्यस्तै, पाकिस्तानस्थित फ्रान्सेली दूतावास बन्द गर्न पनि समूहले माग गरेको थियो ।  

एक साताअघि सो समूहले गरेको गरेको हिंसात्मक प्रदर्शनका क्रममा सात प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको थियो । टीएलपीले हिंसात्मक गतिविधिलाई तीब्रता दिएपछि प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारले एक वर्षअघि सो समूहमाथि प्रतिबन्ध लगाएका थिए । प्रतिबन्धपछि सो समूहका नेता सद रिजभीलाई पक्राउ गरेको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.