add

भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक नै जित्छन् : प्रकाशमान सिंह






ActPro Nepal

|

१९ कार्तिक, २०७८

|
490

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन्। नेपालका कम्युनिस्ट पार्टीहरूले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै उनले कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए । 

‘पहिलो संविधानसभामा चार जना कम्युनिस्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन्। दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो। संविधान पनि बन्यो,’ उनले भने, ‘दुई तिहाइको कम्युनिस्ट सरकार बन्यो तर काम गर्न सक्यो त?’ कम्युनिस्टहरूले जनतामा भ्रम फैलाएर भोट माग्ने गरेको उनको आरोप छ। 

भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक ओलीले जित्ने नेता सिंहले बताए। 'संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिस्टहरूले मात्रै सक्छन्,’ उनले भने।

शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए। उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरेका  छन्। 

नेता सिंहले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए। ‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन्। पढेलेखेका मतदाता छन्। चुनावका बेलामा नयाँ-नयाँ पार्टीहरू आउँछन्। काम केही गरेको  हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने, ‘पार्टी सानो छ, तर पटकऔपटक विभाजित भएको छ। आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ।’

उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए। ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरूबाट जोगिनुपर्छ। जनतालाई विश्वासमा दिलाउनुपर्‍यो। गफ गरेर मात्रै हुँदैन। काम गर्नुपर्‍यो। काम गर्न सजिलो छ', नेता सिंहले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.