add

लागूऔषधसहित तीन जना पक्राउ






ActPro Nepal

|

१२ कार्तिक, २०७८

|
647

बुटवल ।  रुपन्देही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले नौ सय ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका-४ प्रगतीटोल बस्ने २९ वर्षीय नरेन्द्रकुमार दर्जी, कन्चन–५ बस्ने ३१ वर्षीय मोहन सुनार र कन्चन–४ का ३४ वर्षीय प्रदीप पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थपको अनुमति लिई लागूऔषध कारोबार ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.