add

राजीनामा दिने तयारीमा वाग्मती प्रदेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य






ActPro Nepal

|

१० कार्तिक, २०७८

|
817

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। आज विश्वासको मत लिन लागेकी शाक्यले प्रदेशसभा बैठकलाई सम्बोधनपछि उनले राजीनामा दिन लागेकी हुन्।

प्रदेश सभा बैठकमा शाक्यले राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुने कार्यसूची थियो। तर उनले मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन लागेकी हुन् । 

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा प्रस्ताव पेस गरेकी थिइन्। उनले राखेको विश्वासको प्रस्ताव गत कात्तिक ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो। तर, सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सारेका थिए।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन्। विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० र राप्रपाका २-२ सांसद छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.