काठमाडौं । नेपाली सेनाका हाकिमहरु, कोही अफिसर मेसमै गति छाड्ने त कोही ‘आमा’ भन्नुपर्नेलाई पनि जथाभावी गरिदिने !
जंगी अड्डाभित्र बेला–बेला चर्चा हुने घटना हुन् यी । भट्टराई थरका एकजना मेजर एकदिनकी प्रमिका अधिकारी थरका अर्का अफिसरले आँखा लगाए । अधिकारी र भट्टराईकी प्रमिका अफिसपरिसरमै रंगेहात भेटिए ।
असह्य भएपछि सेन्ट्रीले भिडियो खिचे । त्यसले सेनाभित्र खैलाबैला मच्चायो ।
रमाइलो कुरा त यो छ, अर्के अफिसरसँग त्यस्तो काण्डमा परेको भनेर ती युवतीका प्रेमी मेजर भट्टराईले प्रमिकाको साथ छोडेनन् ।
‘अब यस्तो नगर है’ भने अनि विवाह पनि गरे । अहिले उनीहरुको गृहस्थी राम्रै चलेको छ ।
केही वर्ष पहिले खरिपाटी शिक्षालयमा पनि यस्तै घटना भयो । सिंह थरका भतिजोले महासेनानीकी श्रीमती आफ्नै काकीमाथि यौन दुव्र्यवहार गरेपछि बर्खास्तीमा परे ।
प्रमुख सेनानी दर्जाका रावल थरका एक अफिसरले भाइटीका लगाएकी युवतीमाथि अनुचित व्यवहार गरे । त्यो श्रीमतीले देखिन् । तर, उनले श्रीमान्लाई बचाइन् । जागिर भने गएन ।
सुडान मिसनमा रहँदा कार्की थरका एक जर्नेलमाथि विभिन्न आरोप लागे । उनको जागिर नै गयो ।
(यो समाचार आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।)
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।