Right side from logo

नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्ने






ActPro Nepal

59

2021 Oct 26

अछाम ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ । निगमले आज दुईवटा उडान भर्न लागेको हाे ।

निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र साँफेबगरबाट १०ः४५ बजे धनगढीका लागि उडान हुनेछ। दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० बजेका लागि तय भएको र साँफेबगरबाट १२ः १५ बजे धनगढीका लागि उडान छ ।

धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि ३७ सय ८५ कायम गरिएको छ । नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले उडान बन्द गरेको थियो । 


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.