add

नेपाल बारकाे बैठक बस्दै, प्रधान्यायाधीशका कदमबारे छलफल हुने






ActPro Nepal

|

८ कार्तिक, २०७८

|
444

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली विषय पेचिलो बनिरहेका बेला नेपाल बार एसोसिएसन पनि छलफलमा जुटेको छ। पछिल्लो विकसित घटनाबारे छलफल गर्न बारका पदाधिकारीबीच बिहान ११ बजे बैठक बस्न लागेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

प्रधानन्यायाधीश जबराले आइतबार मात्र बार र न्यायाधीशसँग छुट्टाछुट्टै बैठक गरेर आजका लागि फुलकोर्ट डाकेका थिए। तर, १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय लिएपछि विषय थप पेचिलो बन्दै गएको हो।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागवण्डा लिएपछि उनीप्रति चौतर्फी प्रश्न उठ्न थालेको हो। यसबाहेक गोलाप्रथाबाट पेसी तोक्ने निर्णय कार्यान्वयन नभएपछि बारका पदाधिकारी पनि असन्तुष्ट छन्। पूर्वन्यायाधीशहरूको फोरम र नेपाल बार एसोसिएसनले जबराले मार्गप्रशस्त गर्नुपर्ने विषय उठाउँदै आएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.