add

‘उत्कृष्ट पुरस्कार' काे भाेलिपल्टै गृहमन्त्रीकाे ठाडो निर्देशनमा डीएसपीको सरुवा






ActPro Nepal

|

८ कार्तिक, २०७८

|
745

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरकाे  सरुवा भएकाे छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार मात्र कुँवरसहित तीन प्रहरी अधिकृतलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको थियो।

तर, कुँवरले प्रमाणपत्र बुझेकाे २४ घन्टा नबित्दै सरुवा परेका हुन्। उनी ४ महिनाअघि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा आएका थिए। 

डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाणका भाइ रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाणलाई रिझाउन नसक्दा सरुवा भएको एक प्रहरी अधिकृतको दाबी छ।

वरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँका डीएसपी ठगबहादुर केसीलाई बुटवल ल्याइएको छ। प्रहरी स्राेतका अनुसार केसी गृहमन्त्री खाँण निकट हुन्। रुपन्देही खाणको गृहजिल्ला हाे।

मोतिपुर घटनामा चार जनाको मृत्यु र तिलोत्तमामा खाणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव उठेन। यी प्रकरणमा भएक आन्दाेलनमा गृहमन्त्रीकाे आलाेचना भएपछि कांग्रेस नेताहरु कुँवरसँग रुष्ट बनेका थिए। मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका डीएसपी रामेश्वर पौडेललाई हटाएर विश्वराज खड्कालाई जिम्मेवारी दिइएकाे छ। पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा गरिएको छ।न्युज कारखाना


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.