add

फेरि प्रधानमन्त्री बन्न केपी ओलीलाई बुबा मोहन ओलीको आशिर्वाद






ActPro Nepal

|

७ कार्तिक, २०७८

|
1258

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन्। 

आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन्। घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ। मेरो आशीर्वाद पनि छ। प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ। फागुनपछि हुने योग छ। एकदम राम्रो योग छ। सफल होस् मेरो शुभकामना छ।’ 

काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए। 

‘म काठमाडौं जान्नँ। उता घुम्न पाइन्नँ। घरभित्रै  थुनिनुपर्छ। यहाँ घुम्न पाइन्छ। ओखती उपचारमा सहयोग गर्नुपर्छ। छोरासँग बेला बेला फोनमा कुरा हुन्छ। काठमाडौं बोलाउँछ। तर, मलाई यतै ठिक लाग्छ। यता एक्लै डुल्न पाइन्छ। उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भने। 

झापाको भद्रपुर–१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुगेका हुन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.