add

प्रदेश १: मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै






ActPro Nepal

|

७ कार्तिक, २०७८

|
761

मोरङ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन्। विराटनगरस्थित प्रदेश सभाहलमा बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका हुन्।

विश्वासको मतमा आज ७ गते दिउँसो साढे १२ बजेदेखि छलफल र मतदान हुने गरी प्रदेशसभाको बैठक स्थगित गरिएको छ। मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।

भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको प्रतिपक्षी दलहरूको आरोप छ ।

प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन्। एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन। संसद्मा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.