add

केपी ओलीले झापाबाटै चुनाव जित्दैनन् : मेटमणि चौधरी






ActPro Nepal

|

२ कार्तिक, २०७८

|
590

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन् । ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए ।

नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता चौधरीले ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन र पार्टी समाप्त हुने स्थिति आएकाले नयाँ पार्टी स्थापना गर्नुको विकल्प नभएको बताए । उनले केपी ओलीसहितका एमाले नेता जनतासँग भोट माग्न गाउँ आउने कुनै नैतिक आधार नभएकाले केपीको झापादेखि गोकर्ण र प्रदीपका गुल्मीका निर्वाचन क्षेत्रसमेत समाजवादीमय हुने दाबी गरे ।

केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरेले आफूहरूलाई एमालेको माया भए पनि केपी प्रवृत्तिले नयाँ विकल्पको सिर्जना गरेको बताइन् । जीवनको राजनीतिक ऊर्जा एमालेमै सकिए पनि ओलीवादले देशको लोकतन्त्र र संविधानसँगै पार्टी समाप्त पारेपछि नेकपा (एस) स्थापना गरिएको गैरेको भनाइ थियो ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.