add

देशभरका सबै वडामा कात्तिक ६ गते एमालेको अधिवेशन






ActPro Nepal

|

३१ असोज, २०७८

|
665

कठमाडौ । नेकपा(एमाले) ले देशभरका सबै वडाहरूमा कात्तिक ६ गते अधिवेशन आयोजना गर्ने भएको छ ।  एमालेले कात्तिक ६ गते एकसाथ देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने  जनाइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन गर्ने  केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । उनका अनुसार एमाले केन्द्रीय कार्यालयले बढीमा ३ सयसम्म वडालाई जुममा जोडेर एक साथ वडा अधिवेशनको उद्धाटन गर्ने तयारी गरेको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.