काठमाडौं । चाडबाडका बेला प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँचलाई बिस्तार गरेको र थप कडा पारेको छ ।
दुर्घटना हुने प्रमुख कारण मध्ये मदिरा सेवन एक भएकाले खपत बढ्ने चाडबाडका बेला काठमाडौं भित्रिने र बाहिरिने चारवटै नाकामा चेकजाँचलाई कडा पारिएको ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
प्रहरीका अनुसार १ सय ३२ स्थानमा २१ घण्टा मापसे जाँच गरिएको छ ।
मापसेको चेकजाँच गर्दा दैनिक २ सय ५० देखि ३ सयसम्म मानिसहरूले मदिरा सेवन गरेर सवारीसाधन चलाएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरी महाशाखाको तथ्याङक अनुसार, दशैँमा करीब ९० प्रतिशत सवारी दुर्घटना चालककै लापरवाहीका कारण हुने गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।