add

दसैँको विशेष कार्यक्रम छैन, परिवारसँग हुन्छु : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा






ActPro Nepal

|

२८ असोज, २०७८

|
786

काठमाडौँ  । नेपाली नागरिकले जसरी दशैँ मनाउने हो सामान्य तरिकाले आफूभन्दा माथिल्ला व्यक्तिहरुसँग आशिर्वाद लिएर मनाउने मात्र हो । अरु त्यस्तो विशेष किसिमको कार्यक्रमहरु छैन । उपत्यकामै परिवारसँग हुन्छु । मैले टिका ठूलो दिज्जुहरु, दाइहरूबाट लगाउँछु । 

चार जना दिदीबहिनी, दुई जना दाजु हुन् । त्यसपछि म र भाई हो । अहिले कोभिड १९ संक्रमणको समय भएकाले मैले शुभचिन्तकलाई यो वर्ष टिका लगाइदिने छैन ।

पारिवारिक घुमघामको कार्यक्रम पनि केही छैन । यस्तो बेलामा हामीले हाम्रो धर्म संस्कृतिलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । भगवानप्रति नै लिन हुने कुरा हो । भगवानको पूजा आराधना हो । मैले यो चाडपर्वलाई छुट्टिको रुपमा प्रयोग गरेको छैन । 

त्यसैलेअध्ययन गर्ने त्यस्तो विशेष छैन । दसैँ नेपाली र त्यसमा पनि हिन्दुहरुको महान पर्व र चाड हो । यसलाई हामीले एकदमै हृदयमा राखेर आफ्नो परम्पराअनुसार मान्नुपर्छ ।

यो सबै नेपालीको, सबै जातजातिको पर्वको रुपमा गइसकेको हुनाले हृदयदेखि नै खुला हृदय राखेर चाडपर्व दसैँ, तिहार, दीपावली, छठ, न्हूदँया, भिंतुनालाई हामीले ठूलो चाडको रुपमा मान्नुपर्छ । हाम्रो दायित्व र कर्तव्य भनेकै हाम्रो सबै किसिमको धार्मिक, सामाजिकर सांस्कृतिक संरचनालाई जगेर्ना गर्नुपर्छ । उच्च प्राथमिकतामा राख्नुपर्छ र त्यसलाई अनुशरण गर्दै जानुपर्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.