add

संस्कृति र परम्परा सबै जातजातिको साझा सम्पत्ति हो : मुख्यमन्त्री शाक्य






ActPro Nepal

|

२२ असोज, २०७८

|
697

काठमाडौं ।वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालका संस्कृति  र परम्परा सबै जातजातिको साझा सम्पत्ति भएको बताएकी छिन्। 

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर शाखाले हेटौँडामा आयोजना गरेको चियापान कार्यक्रममा देशको सांस्कृतिक धरोहरको रुपमा विकास हुँदै गएका चाडपर्व अमूल्य निधि भएको चर्चा गर्दै उनले दसैं, तिहार, नेपालको मौलिक संवत् (नेपाल संवतकाे नयाँ वर्ष) तथा छठपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना व्यक्त गरिन्। 

मुख्यमन्त्री शाक्यले देशका सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न प्रदेश सरकार लागिपर्ने बताइन्। विजयादशमी, तिहार, नेपाल संवत् तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रदेशका मन्त्री, मकवानपुरबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.