काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ सय ९५ नयाँ प्रहरी भर्ना गर्न लागेको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा दरखास्त आह्वान गरेको हो ।
प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ।
प्रहरीले महिलालाई ३३ र दलितलाई २३ जनाको कोटा छुट्याएको छ । कात्तिक ३गतेदेखि मंसिर १२ गतेभित्र इच्छुकले फारम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले आज गोरखापत्रमा प्रकाशन गरेको सूचनामा उल्लेख छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।