add

३३ किलो सुनकाण्ड : गोरेलाईलाई जन्मकैदको सजाय






ActPro Nepal

|

२० असोज, २०७८

|
946

विराटनगर । चुडामणि उप्रेती ‘गोरे’लाई ३३ किलो सुनकाण्डमा जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत मोरङमा मंगलबार न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो ।

साढे ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् । फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।

हत्यामा जन्मकैद पाउनेमा गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.