काठमाडौ । देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरुलाई चाडपर्व अवधिभर बिदा नबस्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
गृहको यो निर्देशनसँगै अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबाहेक प्रजिअसहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखहरुले जिल्ला छोडेर बाहिर जान पाउने छैनन् । गृहको निर्देशनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरुलाई पनि चाडपर्वमा घरबिदामा जान रोक लगाइएको छ ।
नेपालीका प्रमुख चाडपर्व दसैं, तिहार, नेपाल संवत, छठलगायत नजिकिँदै छन् । गृह मन्त्रालयको निर्देशनपछि देशभर जिल्लाको अवस्था अनुसार प्रहरी र सशस्त्रका जनशक्ति परिचालित हुने गरी विशेष सुरक्षा योजना लागू गरिएको छ । पर्वलाई लक्षित गरी सबै जिल्लामा बजार अनुगमनलाई पनि बढाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
यसैगरी चाडपर्वको समयमा सर्वसाधारणले २४ सै घन्टा ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । जिल्लाको अवस्था अनुसार पर्व सुरक्षा योजना लागू गर्न पनि गृहले निर्देशन दिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।