काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आज एक कार्यक्रमवीच ट्राफिक प्रहरीलाई एउटा विद्युतीय स्कुटर प्रदान गरेको छ ।
वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले बिद्युतीय स्कुटर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
स्कुटरको चावी हस्तान्तरण गर्दै वल्र्डलिंकका कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्यालाई समाधान गर्न स्कुटरको प्रयोगबाट थप सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।