काठमाडौ । पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको आफन्तबाट रु एक लाख २० हजार लिएको जनाइएको छ ।
थुनामा रहेका प्रतिवादी छुटाउन उनका आफन्तबाट र थुनामा रहेकासमेतसँग गरी पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकायसम्म मिलाउनुपर्छ भन्दै झुटो आश्वासन देखाई झुक्यानमा पारी गिरीले उल्लेखित रकम लिएको जिल्ला प्रहरी कार्यालयका धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। उनका अनुसार गत भदौ १६ गतेदेखि विभिन्न मितिमा प्रतिवादीको आफन्तसँग रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गिरीले पटक–पटक पैसा मागेपछि प्रतिवादीका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । गिरीलाई प्रहरीले आइतबार धुलिखेल नपा–७ बाट पक्रेर गरी सोमबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनायो । गिरीलाई मुलुकी अपराध संहिता–२०७४ को दफा २५३ आपराधिक लाभ ९एक्सटर्न० लिन नहुने कसुरमा सजाय हुनेछ ।
यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने छ कम्पनीले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।