काठमाडौं । ३८ क्विन्टल सुन तस्करी प्रकरणको सुनुवाइ जिल्ला अदालत मोरङमा आज हुँदैछ। जिल्ला अदालत मोरङले ३८ क्विन्टल सुन तस्करी मुद्दालाई हेर्दा हेर्दैमा राखेर सुनुवाइ गरिरहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले जानकारी दिए।
आज हुने सुनुवाइ भने अन्तिम नभएको बताइएको छ।
मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा ३८ क्विन्टल सुन तस्करी प्रकरण बाहिर आएको थियो।तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा शाक्यको मृत्यु भएको थियो।
शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारीमा मृत्यु भएको थियो।
३८ क्विन्टल सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको छ। ती मध्ये ५५ जान पक्राउ परेका छन् भने २२ जना अझै फरारको सुचीमा रहेको प्रहरीको दाबी छ।
शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुनेछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।