add

लगानी गर्ने होइन ? न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेबाट बजारमा आउँदै






ActPro Nepal

|

८ असोज, २०७८

|
1317

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन हुने कुल सेयर मध्ये २ प्रतिशत (४५ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २० लाख ९२ हजार ५० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा असोज १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आस्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथे मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि नै भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओ को बाँडफाँड आज असोज ६ गते गरेको थियो । लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीहरुले यहि भदौ १५ गतेसम्म आइपीओमा आबेदन दिएका थिए।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.