add

ईपीएल खेल्न पाकिस्तानी क्रिकेटर अफ्रिदी काठमाडौंमा आइपुगे






ActPro Nepal

|

७ असोज, २०७८

|
885

काठमाडौं ।   चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग ‘ईपीएल’ खेल्न पाकिस्तानी क्रिकेट खेलाडी अल राउण्डर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् ।

काठमाडौं किङ्स इलाभेनमा आबद्ध अलराउण्डर अफ्रिदी बिहीबार ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेका हुन् । उनी केही समयपछि सञ्चारकर्मीमाझ उपस्थित हुनेछन् । चौंथो संस्करणको ईपीएल क्रिकेट ९-३ असोजसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

४४ वर्षीय अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका छन् ।

अफ्रिदीले ३ सय ९८ एक दिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टि(ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका छन् । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्ने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.