काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्वुर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाटदोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने वर्ष २४ को तेज बहादुर खड्कालाईमोटरसाईकल चोरीको अभियोगमा पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखालेजनाएको छ ।
बिशेष सुराकीको आधारमा निजलाई पक्राउ गरी निजले लुकाई पार्किङ्ग गरी राखेएको बा५६प ४५४४ नंम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो । उक्त स्कुटर यहि असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ्ग गरको अबस्थामा हराएको भनि महाशाखामा जानकारी दिएका थिए।
थप अनुसन्धान गर्दै जाँदा निजले चोरी गरि बास्तबिक नम्बर परिवर्तन गरि प्रदेश३-०२-०१०प ७४४ नम्वर प्लेट भएको कालो रातोरंगको २२०सी.सी.कोपल्सर मोटरसाईकल समेत फेलापारेको हो । वास्तविक नं. बागमती प्रदेश०२-०१७प ७८०३ भएको उक्त मोटरसाईकल यहि भाद्र ३० गते काठमाण्डौको काँडाघारी स्थित पार्किङबाट हराएको खुल्न आएको छ । उक्त मोटरसाईकल भोजपुर वडा नं ५ बोखिम घर भई काँडाघारी बस्ने बिशाल तामाङ्गको रहेको पत्ता लागेको छ ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।