add

एमाले अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने सरकारको तयारी






ActPro Nepal

|

४ असोज, २०७८

|
861

काठमाडौं । इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन विधेयक पारित गराउने तयारी गरेको छ ।

प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच संसद चलाउँदै आएको अवस्थामा प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका बारेमा छलफल चलाउने भन्दै संसद सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै आर्थिक विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

आर्थिक विधेयकको दफावार छलफलकालागि सभामुख अग्निप्रसाद सापकोटाले दिन तोकेलगत्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसहितको कार्यसूची तयार पारिएको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने सम्भावना छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बजेट संशोधनका लागि कुनै पनि संशोधन प्रस्ताव दर्ता नगरेपछि सोमबारको बैठकमा बजेट पारित हुने भएको देखिएको हो । एमालेले भने आजको बैठकमा पनि अवरोध गर्ने जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.