सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जना युवालाई ठूलो मात्राको प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।
गत ३१ भदौमा इनरुवा-३ स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने सखुवागाछीमा जाँच गर्ने क्रममा कुल नौ हजार २५० क्याप्सुल ट्रमाडोलसहित धरान-७ का ३० वर्षीय सन्तोष लिम्बू र धरान-८ का २८ वर्षीय सविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश नं. १-०२-०४५प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर जाँच गर्दा प्रतिबन्धित औषधि ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ठूलो परिमाणमा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ । त्यस्तै, सुनसरीको कोसी गाउँपालिका-७ सप्तकोसी नदीको किनारको झाडीमा ६० किलो बेवारिसे गाँजा प्रहरीले फेला पारेको छ ।
चारवटा प्लास्टिकका बोरा झाडीमा मुख बाँधिएको अवस्थामा फेला परेको जानकारी प्रहरीलाई आएको र खोलेर हेर्दा सो परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।