add

३ करोड ९ लाख जनामा इन्टरनेटको पहुँच,मोबाइल इण्टरनेटको हिस्सा ७६ प्रतिशत






ActPro Nepal

|

२८ भदौ, २०७८

|
635

काठमाडौं । नेपालको कुल जनसंख्याको ३ करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असार महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार इण्टरनेट प्रयोगकर्ता ३ करोड ९ लाख ५४ हजार १ सय ४५ पुगेको हो ।

स्मार्टफोनको प्रयोग बढ्दै जाँदा मोबाइलमा इण्टरनेट, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण छोटो समयमा इण्टरनेट प्रयोगकर्ताको संख्या उच्च बनेको रिपोर्टमा जनाईएको छ ।

कुल इण्टरनेट प्रयोगकर्तामध्ये २ करोड २९ लाख ८५ हजार २७ मोबाइल इण्टरनेट प्रयोगकर्ता र फिक्ड तथा वायरलेस इण्टरनेट प्रयोगकर्ता ७९ लाख ६९ हजार १ सय १९ छन्।

मोबाइल इण्टरनेटको हिस्सा ७६ प्रतिशत र फिक्ड र वायरलेस इण्टरनेटको हिस्सा २६ प्रतिशत छ।

जसमा फोरजी प्रयोगकर्ताको संख्या झण्डै ३ लाख पुगेका छन् । सबैभन्दा बढी फोरजी प्रयोगकर्ता निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलको रहेको प्राधिकरणले जनाएको छ।

एनसेलको फोरजी सेवा प्रयोग गर्ने ५० लाख ४२ हजार ९९८ पुगेका छन् । यस्तै, नेपाल टेलिकमको फोरजी सेवा लिने ४७ लाख ४४ हजार ३७५ पुगेका छन् । स्मार्ट टेलिकमको फोरजी चलाउने एक लाख ६६ हजार ७४६ रहेको छ ।

तर, एउटै व्यक्तिले मोबाइल इन्टरनेट र फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गरिरहेकाले ठ्याक्कै कति जनसंख्याले इण्टरनेट प्रयोग गरिरहेका छन् भनेर पत्ता लगाउन नसकिएको प्राधिकरणले जनाएको छ ।

उपत्यका क्षेत्रमा प्राय सबैको घरमा एफटीटीएच जडान गर्ने गरेका छन् । इन्टरनेट सेवाप्रदायकको चर्को प्रतिस्पर्धा टेलिकम कम्पनीको डेटाबाट आउने आम्दानीमा गिरावट हुँदै गएको छ ।

सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजीको सेवाको सुरुवात पनि भएको छ । मोबाइल इण्टरनेटको सेवा प्रदान गर्नेमा सबैभन्दा ठूलो बजार नेपाल टेलिकमकै छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.