काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
यहि भाद्र १६ देखि सुरु गरिएको ‘राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियान’ अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाखुशी स्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्र प्रङ्गणमा विभन्न जातका २ सय विरुवा राेप्दै बृक्षारोपण अभियान सम्मन्न गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका स्थित बिभिन्न नर्सरी, बन कार्यालय लगायतसंग समन्वय गरी तेजपत्ता, धुपी, अम्बा, चिउरी, रुद्राक्ष रिठ्ठा, शिरीष लगाएतका विरुवा रोपेको हो ।
वृक्षारोपण पछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले समुदाय तथा वातावरणसँग जोडिएको विषय भएकोले वृक्षरोपण कार्य महत्वपूर्ण रहेको बताए ।
उनले बगैँचा संरक्षण तथा संवर्द्धनमा सदैव सहकार्य हुने पनि जानकारी दिए । कार्यक्रममा प्रहरी उपरिक्षक सन्जिब शर्मा, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकहरूको सहभागितामा थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।