काठमाडौँ । आइतबार (आज) देखि प्रहरी प्रतिवेदन प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण पूर्णरुपमा अनलाइनबाटै हुने भएको छ ।
कन्सुलर सेवा विभागले प्रहरी प्रतिवेदनको अनलाइन प्रमाणीकरणका लागि प्रक्रिया सार्वजनिक गरेको छ ।
प्रमाणीकरण चाहनेले कन्सुलर सेवा विभागको वेबसाइट ‘नेपालकन्सुलर डट जिओभी डट एनपी’ मा गएर अनलाइन एप्लिकेशन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गरेर आवेदन भर्नुपर्छ ।
भरिएको फाराम स्वीकृत भएपछि अनलाइनमा राखिएको मोबाइल नम्बरमा आवेदन स्वीकृत भएको जानकारी एसएमएसमार्फत आउने छ ।
एसएमएस पाएपछि सेवाग्राहीले पुन वेबसाइटमा गई अनलाइन एप्लिकेशन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गर्नुपर्नेछ ।
त्यसपछि अनलाइन पेमेण्टमा क्लिक गरी रिफरेन्स नम्बर र मोबाइल नम्बर राखी कनेक्टआईपीएसमार्फत वा भौचर प्रिण्ट गरी ग्लोबल आईएमई बैंकका कुनै शाखाबाट राजस्व दाखिला गर्नुपर्छ ।
यति गरिसकेपछि राजस्व दाखिला गरेको भौचर र प्रहरी प्रतिवेदन रंगीन प्रतिसहित विहान १० बजेदेखि दिउसो २ बजेसम्म आफै वा अनलाइन फाराम भर्दा तोकेको व्यक्ति उपस्थित हुनुपर्छ । त्यसरी आउने व्यक्तिले आफ्नो परिचय खुल्ने प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।