ललितपुर । ललितपुरको इमाडोलमा संचालित जुवा खालमा प्रहरीले छापा मारेको छ ।
खालबाट रकम हार–जित हुनेगरी जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका घर भएका अमित कुमार केसी, सन्तोष केसी, अनिल महर्जन, केदार नेपाल, दिनेश केसी र ललितपुरको गिम्दी घर भएका सरोज कुमार रुम्बा सहित ११ जना छन् ।
प्रहरीले जुवा खालबाट २ लाख ३४ हजार नगद र २० हजारको चेक बरामद गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।